८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा

८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा


काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरेको बताए।

उनले राष्ट्रियस्तरका ८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने समेत वक्तव्यमार्फत बताएका छन्। यस्तै, सरकारले खेल क्षेत्रमा महिला सहभागिता बढाउने, खेलकुदका आधारभूत तालिम विस्तार गरिने र ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने पनि उल्लेख गरेको छ।