पाँच लाख धरौटीमा छुटे रवि ओड

पाँच लाख धरौटीमा छुटे रवि ओड


काठमाडौँ ।

नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन्। वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए।