फिल्म ‘घरज्वाइँ’ को अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्ने

फिल्म ‘घरज्वाइँ’ को अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्ने


मेलबर्न अष्ट्रेलिया । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्ने भएको छ। एमएसएम इन्टरटेन्मेन्टले फिल्म ‘घरज्वाइँ’ को नेपाल बाहेक सबै देशमा प्रदर्शन अधिकार वितरण गर्ने जिम्मा पाएको हो।

मगर संस्कृति र संस्कारको कथामा बनेको फिल्मको टिजर आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक भइसकेको छ। टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलार्य घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको निर्माण छ। जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन छ।

रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिलकै कथा, अनिल, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ। असार २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।

फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ। सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो।