‘पूर्णबहादुरको सारङ्गी’ मा भित्रिए तीन कलाकार

‘पूर्णबहादुरको सारङ्गी’ मा भित्रिए तीन कलाकार


काठमाडौं ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन्। अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन्।

निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको छैन। निर्माता विनोद पौडेलले सोसल ड्रामामा आधारित फिल्ममा गहन विषय उठान गरिने बताए।

सरोज पौडेलको लेखन र निर्देशन रहने फिल्म जेठको दोस्रो साताबाट छायाङ्कनमा जाँदैछ। २०८२ मा रिलिज हुने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। महशे दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत रहने फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता छन्।