एपलले लियो ‘तेन्जिङ’को अधिकार

एपलले लियो ‘तेन्जिङ’को अधिकार


लसएन्जल्स ।

आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन्। एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ।

फिल्ममा प्रमुख अभिनेता छन् टम हिडलस्टन। फिल्ममा उनी न्यूजील्याण्डका पर्वतारोही हिलारीको भूमिकामा देखिनेछन्। विलेम डेफा कर्नल जोन हन्टको भूमिकामा छन्। फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’ सुरु हुनासाथ एपलले यो प्रोजेक्टको अधिकार लिएको छ। कान्सको तीन दिनमा हुने प्रमुख सम्झौतामा यो पनि एक हो।

फिल्मको निर्देशन जेनिफर पीडोमले गर्नेछन्। यो फिल्म यूके–अष्ट्रेलियाइई प्रोडक्सन समूह सी–साँ फिल्मस्ले निर्माण गर्नेछ। पीडोमले हालैमात्र शेर्पा समुदायको एउटा वृत्तचित्र बनाएका थिए। त्यसले तेन्जिङ परिवारसँग पीडोमको सम्पर्क बनेको छ।

फिल्मको पटकथा ल्युक डेविसले लेखेका हुन्। सी–साँ फिल्मस्का लिज वाट्स, एमिल शर्मन, इयान केनिङ, डेसरे आर्मस्ट्रङ, पीडोम र डेविस यो फिल्म निर्माण गर्दैछन्। फिल्ममा साइमन गिलिस, डेविड मिचोड र तेन्जिङका छोरा नोर्बु फिल्मका कार्यकारी निर्माता हुन्।