पोखराबाट ‘एक्टर’को छायांकन सुरु

पोखराबाट ‘एक्टर’को छायांकन सुरु


काठमाडौं ।

फिल्म ‘एक्टर’को छायांकन शुक्रबारबाट सुरु गरिएको छ। पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। पुजामा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित थिए।

राजन भुसालको निर्देशन रहने फिल्ममा प्रदीप र दिव्यासँगै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ।

फिल्मको केही दिनअघि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधि अनुसार पूजापाठसमेत गरिएको थियो। पोखरामा फिल्मको छायांकन १० दिनसम्म हुनेछ। त्यसपछि एक महिनासम्म काठमाडौंमा छायांकन हुनेछ।

थमनकुमारी भण्डारी फिल्मकी निर्माता हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन हुनेछ। फिल्मको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन्। फिल्म आगामी कार्तिक १५ गते लक्ष्मीपुजाको दिन रिलिज हुनेछ।