तास्मानियामा लाग्दै ‘बोक्सीको घर’

तास्मानियामा लाग्दै ‘बोक्सीको घर’


तास्मानिया अष्ट्रेलिया । चलचित्र ‘बोक्सीको घर’ तास्मानियामा प्रदर्शन हुने भएको छ। मे १२ तारिख भिलेज सिनेमा ग्लोनर्की होबार्टमा सुपरहिट फिल्म  ‘बोक्सीको घर’ को प्रर्दशन हुन लागेको हो। फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ। 

आइतबार साँझ ६ः३० मा सुरु हुने फिल्म ‘बोक्सीको घर’ को टिकट अनलाइनबाट खरिद गर्न सकिने छ। बैशाख १४ गतेबाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ सुपरहिट सावित भइसकेको छ।  फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ। यो फिल्ममा विशेषत महिला दर्शकको उल्लेख्य उपस्थिति रहेको छ।

फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकारमाझ गरेको अन्तरक्रियामा ‘बोक्सीको घर’ सुपहिट भइसकेको बताएको छ। फिल्मका वितरक डीसीएनका अशोक शर्माले फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको बताएका छन्। 

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को होबार्ट शो हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।