चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन, पहिलो दिन क्यूएफएक्सले दियो ६९ शो

चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन, पहिलो दिन क्यूएफएक्सले दियो ६९ शो


काठमाडौँ ।

चलचित्र ‘मनसरा’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन्।

फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ। जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन्। त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ।

शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्। फिल्मका फिल्मका छायांकार पनि कार्की नै हुन्।

फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता छन्।

निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ।