वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित


काठमाडौं ।

पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ। कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो।

नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए। उनले १० चौका र ६ छक्का प्रहार गरे । यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो।

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहोराले एक–एक विकेट लिएका थिए।