वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपाली टोली तयार, रोहितले गर्नेछन नेतृत्व

वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपाली टोली तयार, रोहितले गर्नेछन नेतृत्व


काठमाडौं ।

वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँच खेलको सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ । टोली १६ सदस्यीय छ।

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द समेटिएका छन।

टी–२० सिरिज खेल्न वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौँ आइसकेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार पाँच खेलको सिरिज सुरु हुँदै छ।