काठमाडौं ।
इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराएपनि आफ्नै मैदानमा ब्यहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पु¥याएको हो।
दोस्रो लेगमा मोहम्मद सलाहको सातौं मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो। अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिष्पर्धा गर्नेछ।
मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो। यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३–१ ले हराउँदै जर्मन क्लब बायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३–१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन्।

 
प्रतिक्रिया