एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौं : पशुपति समशेर जबरा

एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौं : पशुपति समशेर जबरा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताएका छन्। विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले रामराज्य पनि दिने बताए।

उनले भने, ‘हामी यो मुलुकलाई हिन्दु बनाउन कस्सिएका छौं। एक दिन यो मुलुक हिन्दु हुन्छ। सके रामराज्य पनि हामी दिन्छौं।’ हिन्दु धर्म अत्यन्तै सहिष्णु र परम्परागत भएकाले यसको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए। ‘हिन्दु धर्म यस्तो हो जसले मान्छेलाई धर्म परिवर्तन गर्नुपर्छ भन्दैन, यो वैदिक परम्परादेखि चलेको धर्म हो,’उनले भने।

जसरी रामले राज्य गर्दा सबैको जय हुने राज्य थियो, त्यसैगरि नेपाललाई राम राज्य बनाउनुपर्नेमा उनले जोड दिए।