एसीसी प्रिमियर कपमा नेपालले आज हङकङको सामना गर्दै

एसीसी प्रिमियर कपमा नेपालले आज हङकङको सामना गर्दै


काठमाडौँ ।

नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेल आज हङकङसँग खेल्दै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ।

नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ। प्रिमियर कपको उपाधिका दाबेदारमध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठूलो धक्का पुगेको देखिएको छ। यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुनेछ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिनेछ।

नेपालकाे टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिश जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र विवेक यादव रहेका छन् ।