पीएसजी फ्रेन्च कपको फाइनलमा

पीएसजी फ्रेन्च कपको फाइनलमा


काठमाडौं ।

पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कप ९कोपा डे फ्रान्स० फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलमा पएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

पीएसजीलाई फाइनल पु¥याउन केलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। एम्बाप्पेले ४० औं मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए।

फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ। लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लियोन र पीएसजीबीचको फाइनल खेल मे २५ मा हुने छ।