सुनील भन्छन् : ‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र’

सुनील भन्छन् : ‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र’


मुम्बई ।

ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन्।

उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए।

‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरुले बाटो बनाउँदै थिए। त्यहीकारण कपिल र मैले टेलिभिजन सामाग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौं’, उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘त्यो समयमा नेट्फ्लिक्स इण्डियामा नयाँ नयाँ आएको थियो। त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ।’

त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ। यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदैछ।