नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित


काठमाडौं ।

पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ। टियू क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिए। त्यस्तै, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। आयरल्यान्डका ओपनर स्टेफन डोहेनीलेसर्वाधिक ४६ रन बनाए। नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुर्ई÷दुई तथा करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए।