प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्ष जर्ज बार्क्लेको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्ष जर्ज बार्क्लेको शिष्टाचार भेट


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए। उनले भने, ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमानिर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ।

सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्व दिएको छ। आइसीसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।’ अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए।

भेटमा नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो।