लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा

लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा


काठमाडौं ।

इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा ५–१ को जित निकालेको लिभरपुलले समग्रमा ११–२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो।

बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए।

युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ। बिहीबार रातिको खेलमा भिल्लारियल ३–१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५–३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो।

यस्तै, रेन्जर्सविरुद्ध १–० को जित निकालेको बेनफिका समग्रमा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ। त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५–० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५–१ को नतिजा निकाल्न सफल भयो।

दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३–१ को जित निकालेको एसी मिलानले समग्रमा ७–१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राइटनले रोमालाई १–० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो। रोमाले पहिलो लेगमा ४–० को जित निकालेकाले अन्ततः रोमा नै ४–१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो।

त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो।

यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को जित निकालेको थियो। यो जितसँगै समग्रमा ५–४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो।