आइसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउँदै

आइसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउँदै


काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन्। नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन्। चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ।

उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन्। उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो।

पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन्।

अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन्।

बार्क सन् २०२२ मा आइसीसीको नेतृत्वमा आएका हुन्। न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्कले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए।

व्यवसायिक पृष्ठभूमीका बार्कले आइसीसीमार्फत सदस्य राष्ट्रहरुको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन्।