सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन् प्रभास

सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन् प्रभास


मुम्बई ।

अभिनेता प्रभास साउथसँगै बलिउडमा पनि रुचाइएका अभिनेता हुन्। उनी एक फिल्मका लागि निकै महंगो पारिश्रमिक लिन्छन्। उनको स्टारडमका बारेमा जोकोही जानकार छन्, तर उनको एक विशेषता भने सायदै कमैलाई थाहा होला।

उनी निर्मातामाथि आफ्नो खर्चको अतिरिक्त भार थोपर्दैनन्। त्यो खर्च उनी आफैंले तिर्छन् । ‘प्रभासको आफ्नो पारिश्रमिक र उनको हुने खर्च फरक छ। जब प्रभासलाई कुनै फिल्मको पारिश्रमिक मिल्छ, त्यो बेला उनी एक रुपैंयाँ पनि अतिरिक्त रकम माग्दैनन्। उनी अन्य कलाकार भन्दा ठिक विपरित छन्। ती कलाकारहरु मेकअप आर्टिस्ट, मेनेजर र सहायकका लागि अतिरिक्त पैसा मागिरहँदा प्रभास भने आफ्नै गोजीको पैसा दिन्छन्।

प्रभास सुटिङमा आफ्नै कारमा आउँछन्। उनी टिमको कारमा चढ्दैनन्। यद्यपि उनको प्रोडक्सनले उनका लागि अतिरिक्त रकमको व्यवस्था गरेका हुन्छन्। तर प्रभास त्यो पैसा लिँदैनन्। ‘अधिकांश स्टारहरु फिल्मको काम गरिरहँदा आफ्नो गाडीको ड्राइभरको पारिश्रमिकसमेत निर्माताबाट लिन्छन्। तर प्रभास यस्तो केही गर्दैनन्। उनी आफैं खाना मगाउँछन्।

बडी डबल्स र बाउन्सरलाई पनि आफ्नै खल्तीको पैसा दिन्छन्। प्रभासको जस्तो व्यवहार अन्य कलाकारमा देखिँदैन्। त्यसकारण निर्माताले उनीप्रति जहिल्यै राम्रो व्यवहार गर्छन्’, प्रभास निकट स्रोतले भनेको छ।

कामको कुरा गर्दा प्रभासको पछिल्लो फिल्म ‘सालार’ थियो। यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो। अहिले उनी ‘कल्की २८९८’मा व्यस्त छन्। यसबाहेक उनी ‘सालार २’को पनि तयारी गरिरहेका छन्।