एक्सपर्ट एन्का सुपर लिग क्रिकेटको उपाधि सर्दन नाइटसलाई, म्यान अफ द म्याच भए जेनिश श्रेष्ठ

एक्सपर्ट एन्का सुपर लिग क्रिकेटको उपाधि सर्दन नाइटसलाई, म्यान अफ द म्याच भए जेनिश श्रेष्ठ


एडिलेड अष्ट्रेलिया ।

एडिलेडमा आइतवार सम्पन्न एक्सपट एन्का सुपर लिग क्रिकेटको फाइनलमा सर्दन नाइटस क्रिकेट क्लबले विजय हासिल गरेको छ। सर्दन नाइटसले भिएक्सेल टिटान्स क्रिकेट क्लबलाई ५ रनले पछाडी पार्दै विजय हासिल गरेको हो।

पहिला व्याटिङ गरेको सर्दन नाइटसले २० ओवरमा ८ उइकेटको क्षतिमा ९५ रन बनाउन सफल भएको थियो भने दोस्रो पालीमा व्याटिङ गर्दै भिएक्सएल टिटान्सले १६।५ ओवरमा अल आउट हुदै ९० रन मात्र बनाउन सफल भएको थियो।

खेलमा सर्दन नाइटसका जेनिस श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । श्रेष्ठले फाइनलमा ५ उइकेट लिन सफल भएका थिए। खेलमा सर्दन नाइटसका कप्तान सागर कडेलले २५, राजु गुरुङ १२, गोविन्द कार्की ८, सागर क्षेत्री १४, संजिव घिमिरे ७, जेनिस श्रेष्ठ ८, राकेश ७, नविन कडेल ३, धिरज ज्ञवाली ४रन बनाएका थिए । भने जेनिस श्रेष्ठले ५, राजु गुरुङले ३ र गोविन्द कार्की र सचिन घिमिरेले १-१ भिएक्सएलको उईकेट लिएका थिए।

यसैगरी भिएक्सएल टिटान्सका कुल दिप ढुङ्गानाले अंकित श्रेष्ठ २४, आशिष पोखरेल २८, सुवास खकुरेल ३, सुशान भरी ८, सुरज ज्ञवाली ९, प्रवेश थापा ९ रन बनाउन सफल भएका थिए। भने सुशान भरीले ४ र विज्ञान लुईटेल तथा बिक्रम शोबले १(१ सर्दन नाईटसको उइकेट लिएका थिए।

लिगको समापन कार्यक्रममा विजयी टिमलाई रनिङ शिल्ड, चार हजार अष्ट्रेलियन डलर नगदसहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो भने उप विजेता टिमलाई एक हजार अष्ट्रेलियन डलर नगदसहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो। विजयी टिमलाई तथा अफिसियलहरुलाई साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसनका म्याट लुकास, मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एडिलेडका निर्देशक रुपक बर्तौला, एन्का अध्यक्ष बिजय जोशीले कप तथा चेक हस्तान्तरण गरेका थिए। भने खेलाडीहरुलाई मेडल बालबालिकाहरुको टिम एन्का जेम्सका खेलाडीहरुले लगाइदिएका थिए।

समापन कार्यक्रममा साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (शाका)का प्रतिनिधी म्याट लुकासले एडिलेड स्ट्रयाकरको टि सर्ट हस्तान्तरण गर्दै एन्काले क्रिकेटको माध्यबाट समुदायलाई जोड्न सफल भएकोमा बधाई ज्ञापन गरेका थिए। उनले आगामी बर्ष हुने बहुसास्कृतिक क्रिकेट प्रतियोगिता आयोजना गर्ने र त्यसमा टिम नेपालको प्रतिनिधित्व एन्काले गर्ने समेत बताए।

एक्सपर्ट एजुकेशन एडिलेडका निर्देशक बर्तौलाले विजयी टिमलाई बधाई दिदै महत्वपुर्ण प्रतियोगिताको सहयोगी हुन पाउदा खुशी लागेको बताए। एन्का अध्यक्ष जोशीले खेलाडी अफिसियल, प्रायोजक सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले तेस्रो बर्षमा आउदा प्रतियोगिताको स्तरमा निकै बृद्धि भएको बताउदै आगामी दिनमा अष्ट्रेलियामा नेपाली मुलका खेलाडीहरुले क्रिकेट खेलमा नेपाली समुदाय संगै नेपाल राष्ट्रको समेत नाम उचो बनाउने अपेक्षा समेत गरेको बताए।

यसै विच खेल समापन पछि आयोजित सर्दन नाईटको रात्री भोजमा म्यान अफ द म्याच जेनिश श्रेष्ठको सम्मान गरिएको थियो। जसमा क्लवले ६ सय अष्ट्रेलियन डलर क्लवको प्रयोजकहरु डोको टुरले चार सय अष्ट्रेलियन डलर र लोन सोलुशनले दुई सय अष्ट्रेलियन डलर प्रदान गरिएको थियो।

क्लवका अध्यक्ष बिकास सुवेदीले केबिसी खबर संग कुरा गर्दै आयोजक एन्का, प्रतियोगिताका प्रायोजकहरु, क्लवका प्रायोजकहरु, खेलाडी, अफिसयल, खेलाडीका परिवारहरु सहित सबैमा धन्यवाद र आभार व्यक्त गरे। उनले कलवका कप्तान सागर कडेल सहित खेलाडीहरुको लामो मेहनत पछि लिग शुरु भएको तेस्रो बर्षमा फाइनलमा पुगेर प्रतियोगितामा विजयी हुन सफल भएको बताए। उनले क्लवमा नयाँ खेलाडी गोविन्द कार्की सहितले ल्याएको नयाँ जोश उभार पनि महत्वपुर्ण भएको बताए।