‘रावायण’ मा यशको पारिश्रमिक १ सय ५० करोड

‘रावायण’ मा यशको पारिश्रमिक १ सय ५० करोड


मुम्बई ।

कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन्। दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ।

अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदैछन्। फिल्ममा उनी रावणको भूमिकामा देखिँदैछन्। हालसम्म आधिकारिक रुपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन्।

यो फिल्मका लागि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। फिल्मका लागि उनले आफूले लिँदै आएको पारिश्रमिकमा अधिकतम प्रतिशत बढाएका हुन्।

फिल्म ‘रामायण’का लागि उनले १ स्य ५० करोड पारिश्रमिक लिएका छन्। तीन भागमा निर्माण हुने फिल्मलाई उनले प्रति फिल्म ५० करोड पारिश्रमिक लिएका हुन्। यो पारिश्रमिक उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिज भन्दा पनि बढी हो। उनले ‘केजीएफ’का लागि ३० करोड पारिश्रमिक लिएका थिए।

उता फिल्ममा राम चरित्रमा देखिन लागेका अभिनेता रणवीर कपूरले फिल्मका लागि ७५ करोड पारिश्रमिक लिएका छन्। तर यो पारिश्रमिक तीन भागका लागि हो या एक फिल्मका लागि हो भन्ने निश्चित भइसकेको छैन।

रणवीर कपूर र साईं पल्लवीको अभिनय रहने यो फिल्म करिब ५ सय करोड रुपैंयाँमा निर्माण हुँदैछ। फिल्ममा रणवीर श्रीराम र साई पल्लवी सीताको भूमिकामा देखिनेछन्। यश भने रावण बन्नेछन्।

फिल्ममा अभिनेता सनी देओल हनुमान चरित्रमा, लारा दत्त कैकयी, रकुल प्रित सिंह शूपणर्खाँ चरित्रमा देखिनेछन्। यो फिल्मको छायांकन यसै वर्षको गर्मी महिनाबाट सुरु हुनेछ।