पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


काठमाडौं ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो।

पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को नतिजा निकाल्न सफल भयो। पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । खेलको १५ औं मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

५६ औं मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। ८९ औं मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।