काठमाडौं ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको जारी फाइनल खेलमा नेपालका कुशल मल्लले लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिएका छन्। ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे।
१ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए । २३ बलको सामना गरेका डाउटले २२ रन जोडे।
यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए। २९ बलमा लेभिटले ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए।
यो समाचार तयार पार्दासम्म नेदरल्यान्डस्ले १०६ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया