जारी टी–२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो तेस्रो विकेट

जारी टी–२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो तेस्रो विकेट


काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध आसिफ शेख आउट भएका छन्। ४७ रन बनाएर आशिफ शेख आउट भएका छन्। ३७ बल खेलेका उनले १ चौका र तीन छक्का हानेका थिए।

यसअघि कप्तान रोहित पौडेल २५ रन बनाएर आउट भए। उनले १९ बलमा तीन चौका र एक छक्का हानेका थिए।

२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए। नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे।