‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी


काठमाडौं ।

फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्ने भएका छन्। काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै उक्त फिल्मको घोषणा गरिएको हो।

ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन रहने छ। गौचनले यसअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका थिए।

फिल्म ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी हुनेछ। फिल्म छायांकन काठमाडौं र जनकपुरमा गरिने भएको छ। फिल्ममा अम्बर महर्जनले छायांकन गर्दैछन्।