टी–२० आई सिरिजमा चम्किए प्रतिस एकै खेलमा लिए ३ विकेट

टी–२० आई सिरिजमा चम्किए प्रतिस एकै खेलमा लिए ३ विकेट


काठमाडौं ।

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्स विरुद्ध बायाँहाते तीव्र गतिका बलर प्रतिस जिसीले ह्याट्रिक पूरा गरेका छन्। जिसीले जारी खेलमा व्यत्तिगत ३ विकेट लिन सफल भएका छन्।

यसअघि ८औँ ओभरमा दुई विकेट लिएका जिसीले चौधौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेटमा तेजा निदामानुरुलाई पोलिभियन फर्काए। १४ बलको सामना गरेका निदामानुरुले आउट हुँदा जम्मा ५ रन जोडेका थिए।

८औँ ओभरमा बलिङ गर्न आएका जिसीले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराएका थिए। एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराएका हुन्।

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए। टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्स विरुद्ध आफ्नो दबदबा कायम राखेको छ।