वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त

वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त


काठमाडौं ।

पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ। सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो। नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाल र जोर्डनबीच्को खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ।
तर, आजको खेलमा नेपालकी गोलमसिन सावित्रा भण्डारी साम्वा भने हुने छैनन्। उनी क्लब फुटबलका लागि फ्रान्स फर्कि सकेकाले त्यसको असर नेपाली टिममा पर्ने छ।

सेमिफाइनलसम्म खेलेकी सावित्राले सबै चार खेलमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। नेपालले सेमिफाइनलमा लेबनानविरुद्ध २–१ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० को एकतर्फी जित निकालेको थियो।