फिल्म ‘चित्रा’को सिड्नी शो भोली

फिल्म ‘चित्रा’को सिड्नी शो भोली


मेलबर्न अष्ट्रेलिया । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म ‘चित्रा’ अप्रिल २९ अर्थात भोली बिहीबार सिड्नीमा प्रदर्शन हुँदैछ। तास्मानियामा रेडकार्पेट प्रिमियर गरेको फिल्म ‘चित्रा’ सिड्नीको हर्स्टभिल किभिक थिएटरमा प्रदर्शन हुन लागेको हो। 

साँझ ६ बजेदेखि हुने शो लाई बिटु एक्स अटोले प्रयोजन गरेको छ। सिड्नी उक्त ‘शो’को टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारीले जानकारी दिए। 

तास्मानियामा भएको रेडकार्पेट प्रिमियरमा होबार्ट सिटीकी मेयर एल्डरम्यान लुइस ब्लूमफिल्ड र नेपाली समुदायका विभिन्न संघ सस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। 

फिल्म चित्रा नेपालमा पौष २७ गते रिलिज भएको भएको थियो। 

घनश्याम लामिछाने निर्देशित फिल्ममा सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्। फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन्। फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ।