नामिबियाका लफ्टी बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी

नामिबियाका लफ्टी बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी


काठमाडौं ।

नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने खेलाडी बनेका छन्। मंगलबार टीयू क्रिकेट मैदानमा लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्।

उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो। मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।