फुटबलको विकासको लागि वहस आवश्यक : सदस्य सचिव घिसिङ

फुटबलको विकासको लागि वहस आवश्यक : सदस्य सचिव घिसिङ


काठमडौं ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर वहस गर्न आग्रह गरे।

उनले भने,‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक हुन्छ। बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने वहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पु¥यानका निमित्त लागि पर्न अनुरोध गर्दछु।’

उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरु बनाउन जरुरी रहेको बताए।