चमेलीको पोई’ बाट कमब्याक गर्दै नारायण त्रिपाठी

चमेलीको पोई’ बाट कमब्याक गर्दै नारायण त्रिपाठी


काठमाडौं ।

निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्ने भएका छन्। लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएसँगै उनको ‘कमब्याक’ निश्चित भएको हो।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन्। कमेडी जनराको फिल्मका बाँकी कलाकारबारे केही खुलाइएको छैन।

फिल्मजगतमा ‘प्रेमचरो’ को उपनामले परिचित कलाकार त्रिपाठीले निर्देशक बोहराको फिल्म ‘अग्नी परीक्षा’मा पनि अभिनय गरेका छन्। फिल्ममा नारायणको प्रमुख भूमिकामा अभिनय रहनेछ।

निर्देशक बोहराले ‘अग्नी परिक्षा’, ‘कान्छा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’, ‘श्री’ र ‘हेलो जिन्दगी’ निर्देशन गरिसकेका छन्।