आईसीसी विश्वकप क्रिकेट लिग–२ : तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ : तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित


काठमाडौँ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नामिबियासँग २ बिकेटले पराजित भएको हो।

यससँगै सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो पटक पराजय भोगेको छ। बुधबारको खेलमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रन तथा माइकल भान लिङ्गेनले ३१ रनको योगदान गरे। जेजे स्मिथले ३४ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल मल्लले १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन जोड्दा कुशल मल्लले ३६, कुशल भुर्तेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए। भिम सार्कीले २६ रनको योगदान गरे।

नामिबियाका लागि बर्नार्ड स्कोल्जले ४, जान निकोलले ४ तथा ज्याक ब्रासेल र जेरहार्ड इरासमसले १–१ विकेट हात पारे।