नेपालले नामिबियालाई दियो १६८ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १६८ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासामु जितका लागि १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, कुशल मल्ल ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ रनमा आउट हुँदा करण केसीले १२ रनको योगदान दिए। नामिबियाका लागि बर्नाड स्कोल्ट्ज र जन निकोल लोफ्टी इटनले समान चार–चार विकेट लिँदा जेरार्ड इराशमस र ज्याक ब्रसेलले समान एक–एक विकेट लिए।

नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेट हराएको थियो।