नेपाल ‘ए’द्वारा क्यानडा–११ पराजित

नेपाल ‘ए’द्वारा क्यानडा–११ पराजित


काठमाडौँ ।

नेपाल ‘ए’ टोली क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा विजयी भएको छ। नेपाल ‘ए’ले क्यानडा–११ लाई दुई विकेटले पराजित गरेको हो।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हार्दै क्यानडा–११ ले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनायो।

दुई सय ४१ रनको विजयी लक्ष्य नेपालले ४९ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्याे। यसअघि पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकेटले पराजित भएको थियो।

नेपालका लागि सन्दीप जोरालले सर्वाधिक ६६ रनको अद्र्धशतकीय पारी खेले। उनले ७४ बल खेल्दै सात चौका र एक छक्का हाने। त्यस्तै बसिर अहमदले ५२ रन बनाए। उनले ७० बलमा चार चौका र एक छक्का हिर्काए। रासिद खानले ४७ तथा अर्जुन कुमालले ४० रन बनाए।

बलिङतर्फ क्यानडा–११ का निखिल दत्तले दुई तथा साद विन जफर र हर्श थाकरले एक एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा क्यानडा–११ का लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ८२ बलमा पाँच चौका हाने। यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, आरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रन बनाए।

बलिङतर्फ नेपालका साहब आलमले तीन, शेर मल्ल र रासिद खानले दुई दुई तथा सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिए। उक्त शृङ्खलाको अन्तिम खेल यही फागुन १० गते हुनेछ।