नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता


काठमाडौँ ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको हो।

नेपालका लागि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका हुन्। उनी २१ बलमा १ छक्कासहित १० रन बनाएर आउट भए।

यसअघि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको विकेट लिएका थिए। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याच आउट गराए।

नेदरल्याण्ड्सले अहिले ९ ओभरको समाप्तिमा २६ रन बनाएर खेलिरहेको छ।