नेपालको एसिया कप खेल्ने सपना चकनाचुर, मलेसियासँग ४ विकेटले पराजित

नेपालको एसिया कप खेल्ने सपना चकनाचुर, मलेसियासँग ४ विकेटले पराजित


काठमाडौँ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको ८ वर्षपछि एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने सपना चकनाचुर भएको छ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार आयोजक मलेसियासँग ४ विकेटको पराजय भोगेपछि नेपालले यसै वर्ष आयोजना हुने एसिया कप टी–ट्वान्टी प्रतियोगिता खेल्न चुकेको हो। मलेसिया एसिया कपका लागि छनोट भएको छ।

नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर भेट्टायो। उसको जितमा एल्सा हन्टरले अविजित रहँदै ६९ रनको उल्लेख्य पारी खेलिन्।

यसअघि क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपालका लागि क्याप्टेन ईन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाएका थिए।

महिराह स्माइलले २ विकेट लिइन्। अर्को सेमिफाइनलमा थाइल्यान्डलाई चार रनले हराउँदै यूएई फाइनलमा पुगेको छ। उपाधिका लागि अब आइतबार मलेसिया र यूएईबीच खेल हुनेछ। फाइनल पुगेका दुवै टोलीले एसिया कपमा स्थान बनाएका छन्।