सकियो फिल्म ‘लण्डन टु पेरिस’को छायांकन

सकियो फिल्म ‘लण्डन टु पेरिस’को छायांकन


काठमाडौं ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को छायांकन पुरा भएको छ। कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकिएको फिल्म केही प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो।

निर्देशक लामिछानेका अनुसार यतिबेला मुम्बईमा फिल्मको धमाधम सम्पादनको काम भइरहेको छ। आफ्नो भागको छायाङ्कन पुरा गरेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘डेब्यू’ अभिनेता निश्चल खड्का नेपाल फर्किइसकेका छन्।

फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने निर्माण पक्षले जनाएका छ। फिल्मको पहिलो चरणमा खिचिएका दृश्यको डबिङ र कलरको काम पुरा भइसकेको छ भने मिक्सिङ र भीएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिए पछि हुनेछ।