मुम्बई ।
टलिउड निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ।
केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता पाएको छ। फिल्मले अब भने डिजिटल प्लेटफर्ममा सफलताको झण्डा गाड्न सुरु गरेको छ।
डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ। यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ। फिल्मको सफलतालाई फिल्म विश्लेषकहरुले महत्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रुपमा विश्लेषण गरेका छन्।
नेटफ्लिक्समा यसको सफलताको अतिरिक्त, डिलक्स संस्करणको रुपमा जारी गरिएको ‘एनिमल’को साउण्ड ट्रयाकले पनि नयाँ रेकर्ड कायम गरेको छ। स्पोटीफाईमा सबैभन्दा छिटो ५ सय मिलियन बढी स्ट्रिम जम्मा गर्ने भारतीय एल्बमको रेकर्ड राखेको छ।
फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देवल, त्रिप्ती डिम्री, रश्मिका मन्दाना लगायतको अभिनय छ।
प्रतिक्रिया