मुम्बई ।
बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन्। उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन्। सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका अगाडि तैमुरलाई लुकाउने प्रयास गरिरहन्छन्।
अहिले तैमुर सात वर्षको भइसकेका छन्। उनी अहिले स्कुल जान्छन् र खेलकुद गतिविधिमा सक्रिय छन्। सैफ र करिनाका अनुसार तैमुरले आफ्नो करियरको बाटो रोजिसकेका छन्।
हालै एक अन्तरवार्तामा सैफ र करिनाले तैमुर र उनी भविष्यमा के बन्न चाहन्छन् भन्ने बारे खुलाएका छन्। करिनाका अनुसार तैमुर आफ्ना अभिभावकको बाटोमा हिँड्ने मनस्थितिमा छैनन्।
उनको भनाईलाई समर्थन गर्दै सैफले तैमुरले भविष्यमा लिड गिटारिस्ट र फूटबलर बन्ने इच्छा व्यक्त गरेका छन्। ‘तैमुर अर्जेन्टिना गएर टिमका लागि फुटबल खेल्न चाहन्छ। ऊ लियोनल मेसीको फ्यान हो। उसले हालैमात्र फुटबलमा हार व्यहोरेको छ’, सैफले भनेका छन्। (बलिउड हंगामा)
प्रतिक्रिया