टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि, विजेतालाई ट्रफीसहित पाँच लाख

टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि, विजेतालाई ट्रफीसहित पाँच लाख


विराटनगर ।

फागुन २२ गतेदेखि प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ। १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले २३ म्याच खेल्ने छन्।

कोशी प्रदेश सरकारको आर्थिक सहयोग रहने प्रतियोगिता सञ्चालनमा करिव ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद सादकुरेसीले बताए।

प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख र उपविजताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्। यसैगरी, विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ।