आमिरको हातमा ‘धागो’, यस्तो छ कारण

आमिरको हातमा ‘धागो’, यस्तो छ कारण


मुम्बई ।

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो प्रोडक्सन हाउसबाट निर्माण भएको फिल्म ‘लापता लेडिज’को प्रमोसनमा व्यस्त छन्। यो फिल्ममा उनको पूर्व पत्नी किरण रावको निर्देशन छ। आमिर प्रमोसनमा व्यस्त भइरहँदा उनको दाँया हातमा आजकल ‘धागो’ देख्न सकिन्छ। यसअघि उनको हातमा यस किसिमको ‘धागो’ देखिएको थिएन।

हालै एक अन्तरवार्तामा आमिरले ‘धागो’ बान्नुको रहस्य खोलेका छन्। न्यूज १८ को एक अन्तरक्रियामा किरणका साथ उपस्थित आमिरले कुनै गीत गुनगुनाउँदा ‘धागो’को रहस्य खोलेका थिए।

‘मलाई गीत अधिक मनपर्छ, म तुरुन्तै गाउन सक्छु। तपाईंलाई भनुँ कि आजकल म गायन सिकिरहेको छु। यो जुन धागो तपाईं देखिरहनुभएको छ, सुचेताजी मेरो गुरु हुन्, म उनको शिष्य बनेको छु। उहाँले यो धागो बाँध्नु भएको हो। म उहाँसँग भारतीय शास्त्रीय गीत सिकिरहेको छु। ६ महिना यता गाइरहेको छु’, आमिरले भनेका छन्।

हालैमात्र आमिरले छोरी आयरा खानको विवाहको संगीत सेरेमोनीमा गीत गाएका थिए। उनले गीत गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

कोभिड लकडाउन अघि आमिरको एक प्रोजेक्टको निकै चर्चा थियो। उनी प्रख्यात भजन गायक र म्यूजिक कम्पनी टी–सीरीजका संस्थापक गुलशन कुमारको बायोपिक ‘मुगल’मा शीर्ष भूमिकामा देखिन लागेका थिए । आमिरले स्वयं यो कुराको पुष्टि गरेका थिए।

सुरुमा आमिर यो फिल्ममा निर्माताका रुपमा जोडिएका थिए । फिल्मका लागि अक्षय कुमार, वरुण धवन र कपिल शर्मालाई गुलशन कुमारको चरित्रमा कास्ट गर्न चाहेका थिए। तर कुरा नमिलेपछि अन्तिममा उनी आफैंले अभिनय गर्नुपर्ने भयो।

यसअघि सन् २०१८ मा ‘मी टू’ आन्दोलनका समयमा यो प्रोजक्टसँग जोडिएका निर्देशक सुभाष कपूरमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि आमिर यसबाट अलग्गिएका थिए। तर भुषणको आग्रहमा आमिर निर्माता र अभिनेताका रुपमा जोडिन सहमत भए। आजतक