काठमाडौं ।
माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ। राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम पुरा भइसकेको छ।
फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल प्रमुख भूमिकामा छन्। निर्माण टिमले दुवैको फिल्मी लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक लुक्समा अभिनेता सौगात वैशाखी र भाले बोकेका छन् भने बेनिशाले बच्चा बोकेकी छन्।
फिल्ममा सौगात माओवादी जनयुद्धका घाइतेको भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ। फिल्ममा लोकेन्द्र लेखकको पनि अभिनय छ। बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ। फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी छ।
प्रतिक्रिया