जापान आएको तीन महिनामै धनकुटाका पौडेलको निधन

जापान आएको तीन महिनामै धनकुटाका पौडेलको निधन


नागोया ।

जापानको नागोयामा एक नेपाली विद्यार्थीको निधन भएको छ। मिए जापनिज भाषा स्कुलको होस्टेलमा बस्दै आएका २२ वर्षका रविन पौडेल निधन भएको हो। नेपाल घर धनकुटा भएका पौडेल तीन महिना अघि मात्र जापान आएको गैर आवासीय नेपाली संघ (एनआरएन) नागोया क्षेत्रीय समितिका उपसंयोजक योमन देवानले केबिसीलाई जानकारी दिए।

होस्टेलको कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको एक घण्टापछि डाक्टरले पौडेललाई मृत घोषणा गरिएको उपसंयोजक  देवानले बताए।  एसिया प्यासेफिक डिआरसि दिपक कार्कि, एनआरएन नागोया क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतम घटना भएको स्थल पुगेर जानकारी लिएका छन्। 

मृतक पौडेलको शव नेपाल पठाउने या जापानमै अन्त्येष्टि गर्ने भन्ने बारे परिवारसँग सल्लाह भइरहेको नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले बताएका छन्। 

नागोया गत हप्ताको बुधवार लमजुङ्गका २२ वर्षीय युवराज तमाङ्गको हृदयाघातबाट निधन भएको थियो।