‘स्क्विड गेम’ अभिनेतालाई एक वर्षको जेल सजाय

‘स्क्विड गेम’ अभिनेतालाई एक वर्षको जेल सजाय


सोल ।

सन् २०२१ मा रिलिज वेब सिरिज ‘स्क्विड गेम’मा प्लेयर नम्बर ००१ को भूमिकामा अभियन गर्ने अभिनेता ओ येओङ–सुलाई एक वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै उजुरी दिएपछि अदालतले एक वर्षको जेल सजाय सुनाएको हो।

सिरिजमा येओङ एक सोझो र लाचार भूमिकामा देखिएका थिए। तर उनी यो हिंस्रक खेलमा महत्वपूर्ण भूमिकामा थिए। उक्त शो पछि उनीमाथि यौन दुव्र्यवहारको उजुरी परेको थियो। येओङ एक व्यापारी हुन्। उनले नै ‘स्क्विड गेम’को निर्माण र होस्ट गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरी २ मा उनको मुद्दामा फाइल ट्रायल भएको थियो। स्वोन जिल्ला प्रसिक्यूटर कार्यालयका सेओङगनाम ब्राचले युओङका लागि एक वर्ष जेल सजाय र काम गर्न रोक लगाएको छ। यद्यपि येओङले आफूले पीडितलाई छोरी सरह व्यवहार गरेको दाबी गरेका छन्।

‘यो उमेरमा अदालतमा उभिनु निकै दर्दनाक र कठिन हुन्छ। यो दुःखको कुरा हो कि मेरो जीवनको अन्तिम अध्याय यसरी सकियो, जसकारण मेरो पूरा जीवन बिग्रियो’, येओङले भनेका छन्। उनका वकिलले पीडितका साक्षी र बयानमा प्रमाणको कमी रहेको दाबी गरेका छन्।

महिला आरोपीका अनुसार सन् २०१७ मा हाइकिङका समयमा येओङले उनलाई गलत तरिकाले छोएका थिए। यतिमात्र होइन उनीमाथि जबरदस्ती अंकमाल गर्न खोजेका थिए। आरोपीले पीडकले आफूलाई जबरदस्ती चुम्बन गर्न खोजेको पनि दाबी गरेकी छन्।

घटनापछि येओङले आफूलाई मोबाइलमा माफी मागेको र आफूलाई छोरी सरह भनेको पीडित महिलाले खुलाएकी छन्। यो मामलाको आगामी सुनुवाई २०२४ को मार्चमा पुनः हुनेछ। (नवभारत टाइम्स)