काठमाडौं । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो।
खेलको पहिला हाफको २७ औँ मिनेटमा कतारका लागि युसुपोभले गोल गरेका थिए। उज्वेकिस्तानका हाम्रोबेकोभले ५९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। थप गरिएको समयमा समेत बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो।
कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ।
त्यस्तै, शनिबार नै इरानले जापानलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको छ।
खेलको २८ औँ मिनेटमा जापानका मोरिताले गोल गरेका थिए। दोश्रो हाफको ५५ औँ इरानका मोहेबीले बराबरी गोल फर्काए। अतिरिक्त समयमा इरानका जहानबक्सले थप एक गोल गर्दै टिमलाई जित दिलाए।
प्रतिक्रिया