प्रधानमन्त्री कप : उपाधिको लागि पुलिस र आर्मी भिड्दै

प्रधानमन्त्री कप : उपाधिको लागि पुलिस र आर्मी भिड्दै


काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। छैटौं संस्करणको फाइनलखेलआज बिहान ९:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन्।

अपराजित पुलिसले लिगका सबै ९ खेल जितेर शीर्ष स्थानमा रहँदा ९ खेल खेलेको आर्मीले ७ खेलमा जित र २ मा हारसहित दोस्रो स्थानमा छ। पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले खेलको कप्तानी गर्नेछन्।

आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा आफ्नो दुई शतक पुरा गरिसकेका छन्। २०१७ को प्रधानमन्त्री कप फाइनलमा वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए। २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए। सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली पनि हो।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउने व्यवस्था छ।