यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य


काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’को दास्रो खेलमा भारतले नेपालसामु जितका लागि दुई सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनायो।

भारतका लागि सचिन दासले एक सय १६ रनको सतकीय पारी खेले। त्यस्तै, प्रियांशु मोलियाले १९ रन,आर्सिन कुलकर्णीले १८ रन, कप्तान उदय शरणले एक सय रन बनाए। नेपालका लागि नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ।