विवादकी पर्याय पुनम : पतिमाथि यौन उत्पीडनको आरोपदेखि क्रिकेट टोलीका लागि नग्नतासम्म

विवादकी पर्याय पुनम : पतिमाथि यौन उत्पीडनको आरोपदेखि क्रिकेट टोलीका लागि नग्नतासम्म


मुम्बई ।

भारतीय कला क्षेत्रकी चर्चित मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनले बलिउड शोकमा डुबेको छ। पाण्डेले शुक्रबार ३२ वर्षका उमेरमा सर्वाइकल क्यान्सरका कारण उनले संसार छोडेकी हुन्।

पुनम बलिउड यात्रा भने विवादरहति हुन सकेन। उनी बिलउडमा प्रवेश गरेदेखि नै उनको जिन्दगी विवाद र कन्ट्रोभर्सी वरपर नै घुम्यो। कानपुरमा जन्मिएर हुर्किएकी उनको बाल्यकाल आर्थिक संकटबाट गुज्रियो। सामान्य परविारमा जन्मिएकी पुनमले एक टेलिभिजन शो ‘लकअप’मा बाल्यकालिन संकटको बारे खुलासा बोलेकी थिइन्।

उनले भनेकी थिइन्, ‘यस्तो दिन पनि देखें जब घरमा एक पैसा हुँदैन थियो। यस्तोमा मेरो परिवार खानाको नाममा चामल, नुन र पानीले आफ्नो पेट भथ्र्यो।’

त्यस्तै, गरिबिसँग लड्दै उत्तर प्रदेशको एक सानो सहरबाट निस्किएर पुनम मायानगरी मुम्बई पुगिन्। यो यात्रा पनि उनका लागि मुस्किल थियो। फिल्म ‘नशा’बाट बलिउडमा पाइला चालेकी पुन कैयौं पटक विवादको शिकार बनिन्।

भारतीय क्रिकेट टोलीका लागि कपडा खोल्नेदेखि लिएर अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रासँग उनले लामै झमेलाको सामना गर्नुपर्यो। अदालतसम्म कानूनी लडाई उनको जीवनका चर्चित विवाद बन्न पुग्यो।

भारतीय क्रिकेट टिमलाई लिएर पुनमले दिएको एक घोषणाले भारतमा सनसनी नै मच्चिएको थियो। उनले फ्यानलाई भारतले सन् २०११ को विश्वकप क्रिकेट जितेमा आफूले सबै कपडा उतारिदिने घोषणा गरेकी थिइन्। उनको घोषणाले पुनमलाई रातारात चर्चित बनाएको थियो।

पतिमाथि यौन उत्पीडनको आरोप
पुनमले ३ वर्षको डेटपछि प्रेमी साम बम्बेसँग सन् २०२० मा विवाह गरेकी थिइन्। तर, उनीहरुको विवाह एक महिना पनि टिकेन। गोवामा हनिमुनको बेला पुनमले पतिविरुद्ध प्रहरीमा उजुरी दिइन्। उनले सामले आफूलाई यौन उत्पीडन गरेको र धम्की दिएको दाबी गरेकी थिइन्।

राज कुन्द्रासँग कानूनी लडाईं
अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको मामलामा विवादमा तानिए। त्यो बेला पुनमसँग उनको कानूनी लडाईंले उत्तिकै चर्चा पायो। अभिनेत्रीले राजको एक फर्मसँग आफ्नो नाममा एप बनाउनका लागि एक सम्झौता गरेकी थिइन्। सम्झौतामा उनले केही रकम पाउने उल्लेख गरिएको थियो। पुनमका अनुसार फर्ममा शेयरलाई लिएर केही खटपट भएको थियो। यस्तो अवस्थामा उनले सम्झौता फिर्ता लिइन्। तर त्यसको दोष उनैले भोग्नुपर्यो।

त्यसैगरी विभिन्न विवादकै कारण देश पनि छोड्नुपर्यो। पुनमले खुलाए अनुसार, उनको निजी नम्बरमा अपरिचित व्यक्तिले फोन गरेर भिविन्न धम्कीहरु दिने गरेका थिए। यहीकारण उनले केही महिनाका लागि देश छोडेकी थिइन्।

उनले राज कुन्द्रामाथि गम्भीर आरोप लगाएकी थिइन्। उनले राजसँग काम गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताएकी थिइन्। उनले राजसँगको सम्झौता फिर्ता लिएपछि आफूले भुक्तानी नपाएको दाबी गरेकी थिइन्। यसबाहेक उनको निजी एकाउण्ट ह्याक गरियो र उनको गोपनियताको धज्जी उडाइएको थियो। अन्नतः पुनम विवादकी पर्याय बन्दै संसारबाट विदा भएकी छिन्।