उल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेडको कठिन जित

उल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेडको कठिन जित


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटलबमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ। नेपाली समय अनुसार शुक्रबार विहान सकिएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। सुरुमा २ गोलको अग्रता लिएको युनाइटेडले अन्त्यमा जोगाउन निकै कठिन परेको थियो।

पाँचौं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। रासमुस विन्थरले २२ औं मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए।

७१ औं मिनेटमा वुल्भ्सले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किएको थियो। पाब्लो सर्बियाले गोल गरेपछि अन्तर २–१ मा झरेको थियो। ७५ औं मिनेटमा स्कट म्याक्टोमेनीले गोल गर्दै युनाइटेडलाई ३–१ ले अघि बढाए।

८५ औं मिनेटमा वुल्भ्सका म्याक्स किलम्यानले गोल गर्दै वुल्भसलाई २–३ को अवस्थामा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा पेड्रो नेटोले गोल गरेपछि वुल्भ्सले खेल ३–३ को बराबरी गरेको थियो।

तर, त्यसको २ मिनेटपछ युनाइटेडका कोवी मिनओले गोल गरेपछि नतिजा ४–३ को निस्कियो। जितसँगै युनाइटेड प्रिमियर लिगको सातौं स्थानमा छ। पराजित भको वुल्भ्स भने ११ औं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले भने एक एक गोलको बराबरी खेल्दै एक एक अंक तालिकामा थपेका छन्।